

अफगानिस्तानको रक्षामन्त्रीका चालक र छोराको हत्या

काबुल – अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र उनका छोराको हत्याभएको छ ।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार चालक मोहम्मद अफ्जाल र उहाँका पाँच वर्षीय छोराको शुक्रबार हत्या भएको हो ।
राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा उनहरुको हत्या भएको अधिकारीहरुले जनाएका छन् ।
देशका शान्ति स्थापनाका लागि प्रयासहरु भइरहेका बेला दर्दनाक हिंसात्मक घटनाहरु पनि भइरहेका हुन् । घटनाका बारेमा अहिलेसम्म कुनै पक्षले जिम्मेवारी नलिएको अधिकारीहरुले बताएका छन् ।
लामो समयदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा पछिल्लो समय द्वन्द्व अन्त्यका लागि धेरै प्रयासहरु भइरहे पनि सफलता मिल्न सकेको छैन ।

