प्राकृतिक स्रोत समृद्धिको आधार बन्नुपर्छ : प्रमुख शेरचन


पाेखरा – गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशको समृद्धिका लागि प्राकृतिक स्रोतसाधनको उत्खनन तथा प्रयोगमा सरकारले चासो दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दोस्रो वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले प्राकृतिक स्रोतसाधनको भरपुर उपयोग गर्न सकेमात्र आर्थिक विकासका साथै रोजगारीको आधार बन्ने विश्वास व्यक्त गरे ।

प्रमुख शेरचनलाई आयोगका सदस्य जुद्धबहादुर गुरुङले प्रतिवेदनबारे जानकारीसहित हस्तान्तरण गरेका हुन् । प्रतिवेदन बुझाउँदै आयोगका सदस्य गुरुङले गण्डकी प्रदेशभित्र रहेका प्राकृतिक स्रोतसाधनको पहिचानमा आयोगले विशेष ध्यान दिएको बताए ।

संवैधानिक व्यवस्थाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा वित्त हस्तान्तरण तथा प्राकृतिक स्रोतसाधन बाँडफाँटमा आयोग अघि बढेको भन्दै उहाँले आयोगले आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया