
भक्तपुर नगरपालिकाको बजेट २ अर्ब २६ करोड प्रस्तुत
काठमाडौं – भक्तपुर नगरपालिकाकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट २ अर्ब २६ करोड ८५ लाख ९४ हजारको ल्याएको छ। नगरपालिकाको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले बजेट प्रस्तुत गरेकी हुन्।
नगरपालिकाले बजेटको चालूतर्फ १ अर्ब ३७ करोड ९४ लाख र पुँजीगत खर्चतर्फ ७९ करोड ४१ लाख रहेको छ। यस्तै वित्तीय व्यवस्थातर्फ ९ करोड ५० लाख बजेट विनियोजन भएको छ।
भक्तपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारी तथा सहयोगीको तलबमा प्रतिव्यक्ति मासिक २ हजारको दरले थप पारिश्रमिक दिने घोषणा गरेको छ। भक्तपुरले बजेटमार्फत साँस्कृतिक सङ्ग्रहालय निर्माणका लागि ५० लाख र कोसेली घर निर्माणका लागि ५० लाख रुपैयाँ छुट्याएको छ।
यस्तै भक्तपुरको लिवालीमा शीत भण्डार निर्माण गर्न १ करोड रुपैयाँ छुट्याएको छ । भक्तपुरले बजेटमार्फत आकाशे पानी संकलन गर्ने समेत घोषणा गरेको छ। उपप्रमुख जोशीले खानेपानी व्यवस्थापन तथा आकाशे पानी संकलनको लागि १ करोड छुट्याएको बताइन्।



कागजपत्र |
