सेयर बजारमा उछाल, ६२.२१ अंकले बढ्यो नेप्से


काठमाडौं – साताको पहिलो दिन आज (आइतबार) सेयर बजार परिसूचक नेप्सेमा उछाल आएको छ । यस दिन नेप्से सूचक ६२.२१ अंकको वृद्धि आउँदै २१ सय १७.७३ अंकको विन्दुमा उक्लिएको हो ।

आज कारोबारमा समेत तीव्रता आउँदै आज ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड ४७ लाख ५१ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।

आज लाइफ इन्स्योरैन्स कम्पनी कर्पोरेशन, हिमालयन लाइफ इन्स्योरेन्स, एनएमबी ५० मुचुअल फण्ड र सामलिङ पावर कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । १३ वटै उपसूचक धनात्मक हुँदा बजार नै हरियाली बनेको छ । आज जीवन बीमातर्फको सेयर मूल्य आकासिन पुगेको छ ।

प्रतिक्रिया