

वीर अस्पतालले सर्वसाधारणलाई ७ सय पचास जनरल बेड निशुल्क उपलब्ध गराउने

काठमाडौं – वीर अस्पतालले सर्वसाधारणको लागि ७ सय पचास वेड निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ‘न्याम्स’को कार्यकारी परिषदले शुक्रबारदेखि लागु हुने गरी वीरका ७ सय पचास वेड सर्वसाधारणका लागि निःशुल्क गर्ने निर्णय गरेको हो ।
यसअघि प्रति बेड २०० रुपैयाँ शुल्क लिने गरिएको थियो । अबदेखि कोही पनि विरामीले बेडका लागि पैसा तिर्नुपर्ने छैन ।
अस्पतालको क्याबिन र आईसीयूमा भने शुल्क लाग्नेछ । सरकारले बिहिबार उपकुलपतिमा डा.भुपेन्द्र बस्नेत, रेक्टारमा डा.लोचन कार्की, रजिस्ट्रारमा डा।ज्ञानेन्द्र शाह र डीनमा डा.अशेष ढुंगानालाई नियुक्त गरेको थियो । नियुक्त गरिएको न्याम्सको कार्यकारी बैठकले उक्त निर्णय गरेको थियो । सोही आधारमा वीरले निःशुल्क गराउने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल गरिबका लागि भन्दै उक्त निर्णय गरिएका बताएका छन् । एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले भने, ‘मैले हिजो राति नै न्याम्सको बैठक बोलाएर ७ सय बेड निःशुल्क गर्न निर्देशन दिएको छु । आजैदेखि लागू हुनेगरी निर्णय भइसकेको छ ।’

