गल्छीमा भारतीय यात्रुबहाक बस पल्टिँदा एक बच्चाको च्यापिएर मृत्यु


काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गतको गल्छीमा भारतीय नम्बर प्लेटको यात्रुबहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार भारतीय नम्बर प्ले एआर ०६ इ ७०३१ नम्बरको यात्रुबहाक बस सडक किनारमा पल्टिँदा एक बच्चाको बसले च्यापेर मृत्यु भएको जनाइएको छ । घटनामा १२ जना यात्रु भएकाे पनि जनाइएको छ ।

उक्त बस काठमाडौँबाट भारतको गुजरातको लागि छुटेको जनाइएको छ ।

घटनाबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन ।

प्रतिक्रिया