राष्ट्रपतिलाई केही दिन अस्पतालमै राखिने


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेललाई स्वास्थ्य अवस्था निगरानीका लागि अझै केही दिन अस्पतालमै राखिने भएको छ ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ ।

मुटुको गति कम हुने समस्या देखिएपछि राष्ट्रपति पौडेलको मुटुमा मङ्गलवार पेसमेकर राखिएको थियो ।

प्रतिक्रिया