
वेस्ट इन्डिजविरुद्ध टस जितेर नेपालले पहिले बलिङ गर्ने
काठमाडौं – आईसीसी विश्वकप छनोटअन्तर्गतको ऐतिहासिक खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ ।
पूर्वविश्व विजेता वेस्ट इन्डिजसँग केहीबेर पछिबाट सुरु खेलमा नेपालका कप्तान रोहित पौडेलले बलिङ गर्ने निर्णय गरेका हुन् ।
वेष्ट इन्डिजले केहिबेरमा ब्याटिङ गर्दैछ । आजको खेलमा नेपाल टिममा अमेरिकाविरुद्ध खेलेको टिममा परिवर्तन गरिएको छैन ।
चोटग्रस्त सोमपाल अझै फिट भइसकेका छैनन् । प्रतियोगिताको समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा ३ असारमा घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको थियो ।
५ असारमा देखिएको दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । अमेरिकाविरुद्ध पहिला फिल्डङ गरेको नेपालले करण केसीको ४ विकेट सहयोगमा २०७ रनमा रोकेको थियो ।
जवाफमा भीम सार्कीले ७७ रनको अविजित पारी खेलेपछि नेपालले ४३ ओभरमै लक्ष्य भेट्टाएको थियो ।
नेपाली टिमः
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान) , आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी



कागजपत्र |
