
रास्वपाको पत्रकार सम्मेलन सुरु, अनिल केशरी शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा नयाँ केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन सुरु भएको छ । पार्टीले नयाँ पार्टी कार्यालयको उद्घाटन गर्दै वार्षिकोत्सव मनाएको छ । सोही अवसरमा पार्टी सभापति रवि लामिछानेले आयोजना गरेको पत्रकार सम्मेलन सुरु भएको छ ।
उक्त अवसरमा पार्टी सभापति रवि लामिछानेले आजको दिनलाई ह्याप्पी डेका रुपमा लिएको बताएका छन् ।
पत्रकार सम्मेलनमा भर्खरैमात्र पार्टी प्रवेश गरेका अनिल केशरी शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको पनि सभापति लामिछानेले बताए ।



कागजपत्र |
