

वीरगञ्ज महानगरले ल्यायो ३ अर्ब २१ करोडको बजेट (पूर्णपाठ)

काठमाडौं – वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँ अनुमानित बजेट ल्याएको छ।
वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले बुधबार नगरसभाको १३औं अधिवेशनमा आर्थिक वर्ष २०८०/०८१ का लागि उक्त अनुमानित आयव्यय बजेट प्रस्तुत गरेका हुन्।
कुल बजेटमध्ये चालु तर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार रुपैयाँ अर्थात ७७ प्रतिशत र पूँजीगत तर्फ ६८ करोड ८७ लाख १५ हजार रुपैयाँ अर्थात २२ प्रतिशत बजेट विनियोजन गरिएको छ।
यस्तै वित्तीय व्यवस्था तर्फ ३ करोड ६३ लाख २४ हजार रुपैयाँ अर्थात १ प्रतिशत बजेट छुट्याएको छ। महानगरको यो बजेट चालु आर्थिक वर्षको तुलनामा १२ करोड २८ लाखले कम छ।
बजेटमा यातायात पूर्वाधार क्षेत्रको लागि ५९ करोड, स्वयंसेवक शिक्षक कार्यक्रमका लागि ४ करोड ७५ लाख, खेलकुद क्षेत्रका लागि १ करोड रुपैयाँ छुट्याइएको छ।
आगामी वर्ष शिक्षा क्षेत्र सुधारतर्फ १२ करोड २० लाख, खानेपानी तथा सरसफाई क्षेत्रमा १२ करोड रुपैयाँ विनियोजन गरेको छ।

