अमेरिकाविरुद्ध नेपालको शानदार जित

नेपालका भीमको उत्कृष्ट ब्याटिङ र करणको उत्कृष्ट बलिङ


काठमाडौंं – नेपालले भीम सार्कीको उत्कृष्ट ब्याटिङले अमेरिकाविरुद्ध शानदार जित हात पारेको छ ।

जिम्माबेमा जारी विश्वकप छनोट अन्तर्गतको आफ्नो  दोस्रो खेलमा अमेरिकाले दिएको २०८ रनको लक्ष्य पछ्याउँदै नेपालले ६ विकेटको जित हात पारेको हो । नेपालले २०८ रनको लक्ष्य ४२ ओभरको अन्तिम बलमा २११ रन बनाउँदै पूरा गरेको हो ।

नेपालका लागि भिम सार्कीले अविजित ७७ रन बनाए । त्यस्तै नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३२ बलमा विस्फोटक ३९ रन बनाए ।

त्यसअघि नेपालका कुशल भुर्तेल ३९ रनमा आउट हुँदा आशिफ शेख १२ रनमा आउट भएका थिए ।

त्यस्तै कप्तान रोहित पौडेलले १६ रन बनाउँदा कुशल मल्ल १३ रनमा आउट भएका थिए ।

मल्ल आउट भएपछि ब्याटिङका लागि आएका दिपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङ गर्दै नेपाललाई जित दिलाएका थिए ।

त्यसअघि टस जितेर बलिङ रोजेको नेपालका लागि करण केसीले उत्कृष्ट सुरुवात दिलाउँदै अमेरिकालाई ब्याटिङमा खुल्न दिएनन् ।

प्रतिक्रिया