

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – मन्त्रिपरिषद्को बैठक केहिबेरमा बस्दैछ ।
बैठक अहिले अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको आजको बैठक नियमित बैठक हो ।
आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावसँगै र अन्य केही सामान्य निर्णय हुन सक्ने बुझिएको छ ।

