

गुल्सनले दिलाए नेपाललाई सातौं सफलता

काठमाडौं – उत्कृष्ट बलिङ सुरुआत गरेको नेपालका लागि जारी आईसीसी विश्वकप छनोट अन्तर्गत अमेरिकाविरुद्धको खेलमा गुल्सन झाले सातौं सफलता दिलाएका छन् ।
गुल्सनले खेलको ३६ औं ओभरमा नेपाललाई सातौं सफलता दिलाएका हुन् ।
शीर्ष क्रमका मुख्य ब्याटर गुमाईसकेको अमेरिकाले यो समाचार लेखिसक्दा ३६.४ ओभरमा ७ विकेट गुमाएर १२८ रन बनाएको छ ।
नेपालका लागि करण केसीले ४ विकेट लिएका छन् भने ललित राजवंशी र दीपेन्द्र सिंह एरीले १/१ विकेट हात पारिसकेका छन् ।

