

भारतबाट आउन थाल्यो प्याज

काठमाडौँ – सरकारले बजेटमार्फत आलु र प्याज लगायत केही कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) को घोषणा गरेपछि रोकिएको प्याज आयात सुरु भएको छ ।
भ्याटको विरोधमा आलु र प्याज व्यापारीले भने भारतबाट आयात नै रोकेर आन्दोलन सुरु गरेका दुई सातापछि प्याज आयात सुरु भएको हो ।
तर, आजदेखि भने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा प्याजको कारोबार सुरु भएको छ । जेठ १५ गते अर्थमन्त्री डा। प्रकाश शरण महतले प्रतिनिधि र राष्ट्रिय सभामा बजेट घोषणा गरेको भोलिपल्टदेखि नै प्याज आयातकर्ताले आयात नै रोकेर सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका थिए ।

