बस र ट्रक ठोक्किँदा १४ जनाको गयो ज्यान


नयाँदिल्ली – भारतको आन्ध्र प्रदेशमा दुर्घटनामा १४ जनाको ज्यान गएको छ । चार जना गम्भीर घाइते भएका छन् ।

कर्नुल जिल्लाको मदरपुर गाउँमा बिहान बस र ट्रक ठोक्किँदा बस चालकसहित १४ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तीर्थयात्री बोकेको बस अनियन्त्रित भएर ट्रकसँग ठोक्किएको स्थानीय प्रहरीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया