बीबीसी प्रभावशाली महिला सूचीकी सपनाले दिइन् विनयजंगविरुद्ध उजुरी, प्रहरीले खोज्न थाल्यो


काठमाडौं – बेवारिसे शवहरुको अन्त्येष्टी गरेर बीबीसीको प्रभावशाली महिलाको सूचीमा पर्न सफल सपना रोका मगरले विनयजंग बस्नेतविरुद्ध जाहेरी दिएकी छिन् ।

विवाद भएपछि बस्नेतले सपनाका नांगा तस्वीरहरु सार्वजनिक गर्ने धम्की दिएपछि सपनाले प्रहरीमा जाहेरी दिएकी हुन् ।

सपनाले बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएको जनाइएको छ । उनलाई बस्नेतले युट्युबमा आफूसँग पेनड्राइभमा सपनाका नांगा तस्वीर रहेकोले ती तस्बिरहरु सार्वजनिक गरिदिने धम्की दिएपछि आइतबार काठमाडौं परिसरमा जाहेरी दर्ता गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

‘जाहेरी दर्ता भइसकेको छ। पक्राउ पुर्जी लिन टोली अदालत गएको छ,’ एसएसपी सिंहले भने,’पुर्जी आएपछि उनलाई पक्राउ गर्छौं।’

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। पछिल्लो समय उनीहरुबीच विवाद देखिँदै आएपछि सपना र बस्नेतले छुट्टाछुट्टै रुपमा आफ्ना कामहरु गर्दै आएका छन् ।

प्रतिक्रिया