६१ किलो सुन आइपुग्यो पशुपतिमा, कहिलेबाट हुन्छ काम?


काठमाडाैं –पशुपतिनाथमा बनाउन लागिएको सुनको जलहरी राख्न ६१ केजी सुन आइपुगेको छ । जलहरीका लागि पहिलो चरणको ६१ किलो सुन पशुपति क्षेत्र विकास कोषमा आई पुगेको हो ।

गत माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको स्तरोन्नतिका लागी ३० करोड रुपैयाँ दिने घोषणा गरेपछि सुनको जलहरी बनाउन लागेको कोषले जानकारी दिएको छ ।

जलहरीका लागी १ सय ८ किलो सुन चाहिने भएकाले पहिलो चरणको ६१ किलो सुन आएको र दोस्रो चरणको सुन आएपछि काम सुरु गरिने कोषले जनाएको छ । यद्यपि महाशिवरात्रि भन्दा पहिले नै जलहरी राख्ने कोषको योजना रहेको छ ।

प्रतिक्रिया