

जिम्बाबेविरुद्ध कुशलले ठोके अर्धशतक

काठमाडौं – जिम्बाबेविरुद्ध कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।
जिम्बाबेमा जारी खेलमा भुर्तेलले ६३ बलमा अर्धशतक प्रहार गरेका हुन् ।
नेपालले अहिले २० ओभरमा बिना कुनै विकेटको क्षतिमा ८४ रन बनाएर खेलिरहेको छ ।
कुशललाई आशिफ शेखले ३१ रन बनाएर साथ दिइरहेका छन् । विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले जिम्बाबेको सामना गरेको हो । जिम्बाबेले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गरेको हो ।

