
जिम्बाबेविरुद्ध नेपालको राम्रो सुरुवात, १४ ओभरमा बिना कुनै विकेट ५७ रन बन्याे
काठमाडौं – विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले राम्रो सुरुवात गरेको छ ।
टेष्ट मान्यता प्राप्त मुलुक जिम्बाबेसँग पहिलो एकदिवसीय खेल खेलेको नेपालका लागि प्रारम्भिक ब्याट्सम्यानले राम्रो सुरुवात दिलाएका हुन् ।
१४ औं ओभरको खेल समाप्ति हुँदासम्म नेपालले बिना कुनै विकेटको क्षतिमा ५७ रन बनाएको छ ।
नेपालका लागि कुशल भुर्तेलले ३९ रन बनाएका छन् भने आशिफ शेखले १५ रन बनाएका छन् ।
नेपालले पहिले टस हारेर ब्याटिङ गरेको हो ।



कागजपत्र |
