तमोर नदीले पार गर्यो खतराको तह, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध


संखुवासभा – तमोर नदीले धनकुटामो मूल घाटमा खतराको तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले नदीले खतराको तह पार गरेको बताएको हो। नदीले खतराको तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा बासिन्दाहरूलाई सतर्क रहन भनिएको छ।

बाढीपहिरोका कारण कोशी प्रदेश आक्रान्त बनेको छ। ताप्लेजुङ, पाँचथर, संखुवासभामा अहिलेसम्म ३१ जना बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खोज, उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन्।

बाढीग्रस्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीहरू उद्धार कार्यमा खटिएका छन् ।

प्रतिक्रिया