

नक्कली भुटानी शरणार्थी प्रकरणः आज जवाफी बहस हुने, २ बजेभित्र सक्न न्यायाधीश न्यौपानेको आदेश

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि जवाफी बहस हुने भएको छ ।
यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा १८ जना प्रतिवादीतर्फबाट भएको बहस सकिए पनि आज सरकारी वकिलहरुले जवाफी बहस गर्ने भएका हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चारजना अधिवक्ताले जवाफी बहस गर्नेछन् ।
जवाफी बहस शुक्रबार हुनेछ । जवाफी बहस शुक्रबार दिउँसो २ बजेभित्र सक्न न्यायाधीश न्यौपानेले इजलासबाटै भनेका छन् ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको अभियोगमा पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री, बहालवाला सचिवलगायतका विभिन्न उच्च पदस्थ १८ जना पक्राउ परेका छन् ।

