मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज(बिहीबार) बिहानका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक मुख्य सचिव नियुक्तिको निर्णय गर्न बोलाइएको बुझिएको छ ।

आजको बैठकमा प्रधानमन्त्रीले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको कार्यकाल सकिन लागेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वरिष्ठ सचिव डा.वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी गरेको कुरा हिजो प्रशासन डटकमले ब्रेक गरेको थियो ।

प्रतिक्रिया