संसदीय सुनुवाई समितिमा पुगे कार्यबहाक प्रधान न्यायधिस कार्की, सुनवाई सुरु


काठमाडौं – संसदीय सुनवाई समितिमा कार्यबहाक प्रधानन्यायधिस हरिकृष्ण कार्की पुगेका छन् ।

सर्वोच्च अदालतको प्रधानन्यायधिसमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाए पछि उनी सिंहदरबारमा पुगेका हुन ।

उनी पुगेलगत्तै सुनवाई सुरु भएको छ ।

लामो समय देखी कार्यबहाक प्रधानन्यायधिसको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायधिसमा सिफारिस गरिएको थियो ।

संवैधानिक परिषदले भावी प्रधानन्यायधिसमा सिफारिसमा परेका कार्कीलाई उनी बिरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ ।

उनी बिरूद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो ।

प्रतिक्रिया