राष्ट्रपति २४ घण्टा अब्जरवेशनमा रहने : अस्पताल


काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेल २४ घण्टा चिकित्सकको निगरानीमा रहने भएका छन् । अस्पताल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मंगलबार एक विज्ञप्ति जारी गर्दै उनी २४ घण्टासम्म अवलोकन (अब्जरवेशन) मा रहने उल्लेख गरेको छ ।

यसअर्थमा पौडेललाई बुधबारसम्म अब्जरवेशनमा राखेर डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालका कार्यकारी निर्देशन डा चन्द्रमणि अधिकारीले जारी गरेको विज्ञप्तिम उल्लेख छ ।

पौडेल नियमित स्वास्थ्य परीक्षणको क्रममा अस्पतालमा भर्ना रहेको पनि जनाइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अधिकारीले बताए । आजै छातीमा समस्या देखिएपछि पौडेललाई अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया