

अभ्यास खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित

काठमाडौं – आइसीसी क्रिकेट विश्वकप छनौट खेल्न जिम्बावेमा रहेका नेपाली टोली युएईसँग पराजित भएको छ। मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित भएको हो।
मुस्ताफाको आक्रामक ब्याटिङसामु नेपाली बलर निरीह बन्दा नेपाल पराजित हुन पुगेको हो। युएईले १ बल अगावै नेपालले दिएको २७७ रनको विजयी लक्ष्य पछ्याएको थियो। यसअघि १ बल अगावै नेपाल २७७ रनमा अलआउट भएको थियो।

