एकपटक फेरि मोर्चा कसेर अघि बढौँ : अध्यक्ष दाहाल


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको वर्तमान अवस्थाले परिवर्तनकारी शक्तिबीच गम्भीर आत्मसमीक्षा र शष्लेषण गरी एकपटक फेरि मोर्चा कसेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताएका छन्।

जनता समाजवादी पार्टी (जसपा) सङ्घीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको ‘गुमनाम आमाहरूको कथा’ कृति आज यहाँ लोकार्पण गर्दै उनले मुलुक र जनताका लागि गम्भीरतापूर्वक आफ्नो दायित्व पूरा गर्न मोर्चा बनाउन आवश्यक रहेको जिकिर गरे ।

अध्यक्ष दाहालले भने, ‘संविधानले समावेशी लोकतन्त्रिक, सङ्घीय गणतन्त्र, समानुपातिक प्रतिनिधित्व र मौलिक हकसम्बन्धी विषयमा जग बसालेको थियो, सङ्घीयता र परिवर्तनको उपलब्धि एवं संविधानको मूल मर्ममाथि अहिले हमला भएको छ, पछिल्लो परिस्थितिले विचार र भावनाको नयाँ आधार सिर्जना भएको छ, यसबाट आउने परिणाम सकारात्मक हुनेछ ।’

प्रतिक्रिया