
स्वर्गद्वारी घटनाः ज्यान गुमाएका ८ मध्ये चालकको पहिचान
दाङ – स्वर्गद्वारी मन्दिरको दर्शनगरी फर्किन लागेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
मृत्यु भएका मध्ये कारचालक तारा कुमाल बाहेक अन्य मृतकको पहिचान अहिलेसम्म खुलेको छैन । प्यूठानको भिंग्री नजिकै लु १ च ६३४५ नम्वरको कार आज दिउसो भीरबाट खस्दा ८ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीले जानकारी दिए ।
उनका अनुसार शव जिल्ला अस्पताल बिजुवार लग्ने तयारी भइरहेको छ । लमही ५ का चालक तारा कुमाल बाहेक अन्य मृतकको पहिचान खुलेको छैन् । मृतकहरूमा २ महिला, २ पुरूष र ४ जना बालक रहेको जनाइएको छ ।
घुम्ती सडकमा माथिबाट खसेको कार तलको सडकमा पुगेको थियो ।
घटनाको थप विवरण आउन बाँकी छ ।



कागजपत्र |
