प्यूठानमा जीप दुर्घटना, आठ जनाको घटनास्थलमै मृत्यु


प्यूठान – प्यूठानमा कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।

स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जनाइए पनि पुष्टि भने भइसकेको छैन ।

प्रहरीका अनुसार लु१च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको हो।

जीपमा सवार आठ जनाकै घटनास्थलमै मृत्यु भएको घटनास्थलमा उद्दार कार्यमा खटिएका स्थानीले जनाए ।

घटना बारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया