

बजेटमाथिको छलफल सकियो, अर्थमन्त्रीले भोली जवाफ दिने

काठमाडौं – आर्थिक वर्ष २०८०/८१ बजेटमाथिको छलफल सकिएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १५ गते प्रतुत गरेको बजेटमाथि संघीय संसदको दुवै सदनमा छलफल सकिएको हो । प्रतिनिधिसभामा बजेटमाथि सांसदले बोल्ने कार्यक्रम अनुसार आजदेखि बजेटमाथिको छलफल सकिएको सभामुख देवराज घिमिरेले बताए ।
आजसम्म बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा। प्रकाशशरण महतले भोलि (जेठ २९ गते) दिने भएका छन् । भोलि दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको सभामुख घिमिरेले बताए ।

