

सर्वोच्चमा प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध रिट दर्ता

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता डा. बाबुराम भट्टराईविरुद्ध रिट दर्ता भएको छ ।
सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बाल सेनाको रूपमा प्रयोग गरी जबरजस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र भट्टराईविरुद्ध रिट दर्ता गरेका हुन् ।
यसअघि विष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरूप निरूपण हुने भन्दै रिट दरपिठ गरिदिएको थियो । दरपिठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएको छ ।
उक्त रिटमाथि ३० जेठमा सुनुवाइको मिति तोकिएको छ ।

