सहकारी समस्या समाधान गर्न कार्यदल गठन


काठमाडौं – सरकारले सहकारी समस्या समाधानका लागि डा.जयकान्त राउतको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

वैशाख २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डा.राउतको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलमा विभिन्न मन्त्रालयका सचिव र सहसचिव, राष्ट्र बैंकको उच्च अधिकारी साथै नेपाल प्रहरीको एसएसपी समेत रहेका छन् ।

सहकारीका समस्या पहिचान गरी प्रतिवेदन २ महिना भित्र प्रतिवेदन बुझाउन सरकारले निर्देन दिएको छ ।

प्रतिक्रिया