समृद्धितिर लम्कँदै चामुण्डाविन्द्रासैनीः प्रदेशकै ठूूलो नगरोद्यान निर्माण


काठमाडौं – कर्णाली प्रदेशकै सबैभन्दा ठूलो नगर पार्क निर्माण चामुण्डा विन्द्रासैनीमा निर्माणाधिन छन् । दुई सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको पार्कको तीन किलोमिटरको पर्खाल निर्माण कार्य सम्पन्न भइसकेको छ ।

पार्कको वरिपरि केतुकी, भित्री भागमा कुइयाँसी, गुलाब रोपिएको छ । पार्कलाई नेपालकै मौलिक जैविक पार्कका रूपमा निर्माण गर्ने लागेको नगर प्रमुख शाहीले बताए । उनले भने, ‘सांस्कृतिक आस्थालाई पनि पर्यटक भित्र्याउने उद्देश्यले एक हजार ५२० किलोग्रामको घण्ट र स्थानीय कालीगढबाट नौ फिट अग्ला तरबार बनाइएका छौं, चालु आवमा सङ्ग्रहालय बनाउने काम सम्पन्न लागि लागिपरेका छौँ।’

त्यसैगरि १५ श्ययाको अस्पताल स्वीकृत भई भर्खरै रु एक करोडको बोलपत्र आह्वान गरिएको छ । स्वास्थ्य क्षेत्रमा १५ श्ययाको अस्पतालको घोषणा गरेका थियौँ त्यो पूरा भएको छ ।

हामीले खानेपानीका क्षेत्रमा मुझुवा खानेपानीका अलावा कर्णाली प्रदेशकै ठूलो लिफ्ट खानेपानी आयोजना शुरु गरिएको छ । सो आयोजनामा केही दिन अगाडि नगरपालिकाले खरिद ऐनविपरीत गई आफन्तलाई ठेक्कापट्टा दिएको आरोपसमेत नगरपालिकाले खेप्नुपरेको छ ।

प्रतिक्रिया