महिला टि-२० क्रिकेटः नेपाल र मलेसिया आज भिड्दै


काठमाडौं – दोस्रो महिला टि २० आई खेलमा आज घरेलु टोली मलेसियासँग नेपालले खेल्दैछ ।

नेपाली समय अनुसार बिहान ८ः ४५ मा बांगीमा  सो खेल सुरु  हुनेछ । पाँच खेलको महिला टि २० आई सिरिजमा मलेसिया  नेपाल भन्दा १–० ले अघि रहेको छ ।

पहिलो खेलमा ५० रन मै अल आउट हुँदै नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको थियो । महिला टि २० आईमा नेपालको मलेसियासँग यो पहिलो हार थियो ।

नेपाल पहिलो खेलको गल्ती सुधार गर्दै दोस्रो खेलमा जितका साथ सिरिज बराबर गर्न चाहेको कप्तान रुबिना क्षेत्रीले जनाएकी छिन् ।

नेपाली टोलीः

रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी ज्योति पाण्डे र सरस्वती चौधरी ।

प्रतिक्रिया