चेल्सी एफए कपको क्वाटरफाइनलमा


लन्डन – बर्न्सलीलाई हराउँदै चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा बर्न्सलीलाई १-० ले हराउँदै चेल्सीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

बर्न्सलीको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन टामी अब्राहमले ६४औँ मिनेटमा निर्णायक गोल गरे ।

चेल्सीले क्वाटरफाइनलमा अब सेफिल्ड युनाईटेडसँग खेल्नेछ । एजेन्सी

प्रतिक्रिया