राष्ट्रिय महिला लिग : नेपाल पुलिस क्लब र चन्द्रपुर खेल्दै


काठमाडाैं – राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका रौतहटबीच खेल हुँदैछ ।

खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । पुलिस ८ खेलमा ११ अंक जोडेर अंक तालिकाको चौंथो स्थानमा छ भने चन्द्रपुर ६ अंक जोडेको छैठौं स्थानमा  छ ।

खेलमा अहिलेसम्म अपराजित एपीएफ भने २४ अंक जोडेर शीर्ष स्थानमा छ ।

प्रतिक्रिया