

युवा सङ्घद्वारा शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न माग

काठमाडौं – नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष ढङ्गले अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
यो प्रकरणमा एमाले नेताहरू र अख्तियारका प्रमुख आयुक्तलाई समेत बदनाम गराउन खोजिएको भन्दै युवा सङ्घले दोषीलाई उम्काउने र निर्दोषलाई फसाउन खोजिएको आरोप लगाएको छ।
आज उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आठ बुँदे माग पत्र बुझाउँदै युवा सङ्घले नक्कली भुटानी शरणार्थी प्रकरणलाई राजनीतिक रङ्ग नदिन माग गरेको छ ।
अनुसन्धानको क्रममा पक्राउ परेका आरोपीले नाम लिएका सबैलाई र गोपनीयता भङ्ग गर्नेहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उसको माग छ ।

