

२४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्ठि

काठमाडौं – पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८५४ वटा नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज १४ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ५३ मा झरेको छ ।

