भोलि उपत्यकामा सार्वजनिक बिदा


काठमाडौं – सरकारले भोली बिहीबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ ।

गृहमन्त्रालयले भोलि बिहीबार रातो मच्छेन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार जारी गरेको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ, ‘वि.सं.२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित् सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

May be an image of ‎text that says '‎नेपाल सरकार गृह मन्त्रालय सख्या:- पत्र संख्या र मिति:- गनत्रालय सिंहदरबार, काठमाडी, नेपाल सार्वजनिक बिदा सम्बन्धी सुचना वि.सं. २०६० साल जेष्ठ ११ गते विहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौ उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ باع जितेन्द्र वस्नेत सहसचिव, /प्रवक्ता मिति: २०६०/०२/१०‎'‎

प्रतिक्रिया