भ्रष्टाचारमा शून्य सहनशीलताका साथ राष्ट्रको हितमा काम गर्छु : मन्त्री महतो


काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतोले राष्ट्र र जनताको हित हुने गरि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

आज (बुधबार) शीतल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री महतोले भ्रष्टाचारमा शून्य सहनशीलताका साथ देश र जनताको हितमा काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले अहिलेको आर्थिक संकटमा नेपालको जडिबुटी लगायतलाई प्रोत्साहन गरेर निर्यात गर्ने गर्दै विदेशी मुद्रा आर्जन गर्नुपर्ने बताए ।

त्यस्तै वर्षौँदेखि कुहिएर रहेको काठलाई प्रयोग गर्न सहजीकरण गरेर स्वदेशमा खपत गरि विदेशमा समेत निर्यात गर्ने योजना बनाउने उनले बताए ।

मन्त्री महतोले वातावरणमा असर पार्ने उद्योगहरूलाई निगरानी गरेर वातावरणलाई असर नपार्ने गरि सञ्चालनका लागि पनि आफूले पहल गर्ने जानकारी दिए ।

प्रतिक्रिया