सांसद चन्द्र भण्डारीले गरे संसदमा सम्बोधन


काठमाडौं – नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले लामोसमयपछि संसदमा सम्बोधन गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रमका बारेमा छलफल चलिरहेको बेला उनले ठूलो दुर्घटनामा परेपछि पहिलोपटक सम्बोधन गरेका हुन् ।

उनी गत पुस ३ गते घरमै भएको ग्यास विस्फोटमा परि घाइते भएका थिए । उक्त घटनामा उनकी आमाको निधन भएको थियो ।

उनले सम्बोधनका क्रममा आफूले अस्पतालमा भोगेका साथै आगलागीका घटनाबाट देशमा अहिलेसम्म भएका घटनाका बारेमा केही तथ्यांक प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया