

देशभर थप ४ मा कोरोना पुष्टी, १२ संक्रमणमुक्त

काठमाडौं – देशभर थप ४ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ७६८ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार उक्त अवधिमा १२ जना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै मन्त्रालयका अनुसार ४८ घन्टाको अवधिमा देशभर १३ हजार ६४९ जनाले कोरोनाविरुद्धको खोप लगाएको जनाइएको छ ।
मन्त्रालयका अनुसार अहिलेको अवस्थामा नेपालमा ७० जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

