विदेशमा रहेका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने


काठमाडौं – सरकारले विदेशमा रहेका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने घोषणा गरेको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त घोषणा गरेका हुन् ।

‘विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिनेछ’, नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपतिले भने । नागरिकसम्बन्धी समस्याको समाधान गरिने पनि राष्ट्रपतिले बताए ।

प्रतिक्रिया