सरकारले कर प्रणालीमा पुनरावलोकन गर्ने


काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरवलोकन गर्ने भएको छ ।

सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०र०८१ मा विद्यमान कर प्रणालीमा पुनरवलोकन गरिने जानकारी दिएका हुन् ।

राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने जानकारी दिँदै उनले उनले राजस्वको दायरा विस्तार गर्ने र सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्ने बताए ।

त्यसैगरी सरकारले अब बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न नियमनमा कडाइ गर्ने भएको छ । आज राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र सहकारीमा बचत कर्ताको लगानी सुरक्षा गरिने र सहकारीलाई कडाई साथ नियमन गरिने जानकारी दिएका हुन्

सहकारीको बचतलाई उत्पादन मुलक क्षेत्रमा लगानीक गर्न प्रेरित गरिने राष्ट्रपति पौडेलले बताए ।

प्रतिक्रिया