रामकुमारी झाँक्रीलाई भेट्न नारायणकाजी र योगेश पुगे अपराध महाशाखा


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री रामकुमारी झाँक्रीलाई भेट्न पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य योगेश भट्टराई महानगरीय प्रहरी अपराध महाशाखा पुगेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको हुर्मत लिनेगरी गोरखामा भाषण गरेपछि उनलाई राज्यविरूद्धको कसुर मुद्दामा प्रहरीले विहीबार पक्राउ गरेको छ। प्रवक्ता श्रेष्ठ र भट्टराईले झाँक्रीलाई मुद्दा नचलाउनका लागि महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख (एसएसपी) दिपक थापालाई भनेका छन्।

राज्यविरूद्धको कसुर दफा ५८ अनुसार प्रहरीको महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। यस दफामा दोषी ठहर भएको खण्डमा झाँक्रीलाई ७ बर्ष कैद र ७० हजार जरिवाना हुन सक्ने देखिएको छ।

प्रतिक्रिया