

भ्रष्टाचारका दोषीलाई कारबाहीको माग गर्दै पोखरामा प्रदर्शन

पोखरा – नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै नागरिक समाज कास्कीको अगुवाईमा पोखरामा प्रदर्शन भएको छ । पोखराको सहिदचोकमा सोमबार नक्कली भुटानी शरणार्थी भ्रष्टाचार काण्डविरुद्ध शान्तिपूर्ण धर्ना गरिएको हो ।
नक्कली घुटानी शरणार्थी घटनामा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बादकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे,पूर्वउर्जामन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलगायत पक्राउ परेका छन् ।
शान्तिपूर्ण धर्नामा सहभागीले नक्कली भुटानी शरणार्थी भ्रष्टाचारकाण्डको विषयान्तर गर्न पाइँदैन, भ्रष्टाचारका मतियार खबरदार, भ्रष्टा नालायकहरू हो यो देश तिम्रो विर्ता हो ?,भीआईपी भ्रष्टाचारीहरू छि छि लगायतका नारा हातमा लिएर शान्तिपूर्ण धर्नामा बसेका थिए ।

