

आर्थिक मामिलामन्त्री लामालाई थप ३ मन्त्रालयको जिम्मेवारी

हेटौंडा – बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामालाई थप ३ वटा मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सोमबार बागमती प्रदेश प्रमुख यादवचन्द शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा मन्त्री लामालाई थप ३ वटा मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी दिएका हुन्।
मन्त्री लामालाई पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी दिइएको प्रदेश प्रमुख शर्माका प्रेस संयोजक शिव चौलागाईंले बताए।
त्यस्तै प्रमुख शर्माले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को साविकको व्यवस्था जगाउने सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रमाणीकरण गरेका छन्।
उनले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभा सचिवालयबाट प्राप्त भई आएको सो विधेयक आज प्रमाणीकरण गरेका हुन्।

