

घोराही – तुलसीपुर चार लेन सडकको ठेक्का खारेज

दाङ – सरकारले दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणको सम्झौता खारेज गरेको छ । भारतीय कम्पनीले लामो समयदेखि अलपत्र पारेको सो सडकखण्ड निर्माणको सम्झौता खारेज गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका प्रेस संयोजक नरेन्द्र केसीले जानकारी दिए ।
योसँगै अब सरकारले सडक मर्मत र निर्माण गर्ने बाटो खुलेको छ । ‘अब सडक डिभिजन कार्यालयले वर्षातअघि नै मर्मत सुधार गर्ने छ,’ केसीले भने, ‘नयाँ टेण्डरका लागि थप प्रक्रिया अघि बढाइने छ ।’ उक्त सडक निर्माण गर्ने जिम्मा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो ।

