एमाले सांसद टोपबहादुर रायमाझी निलम्बित


काठमाडौं  – नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बित भएका छन् । रायमाझी आइतबार नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका थिए।

सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभा बैठकमा सोमबार रायमाझी पक्राउ परेको जानकारी गराएका छ् । उनले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ (१) बमोजिम आजै सदनलाई पक्राउको जानकारी गराए।

जानकारी गराएसँगै रायमाझीको संसद पद निलम्बनमा परेको हो । रायमाझी नेकपा एमालेबाट अर्घाखाँचीबाट विजयी सांसद हुन्।

प्रतिक्रिया