

बाल यौन दुरुपयोग मुद्दाका आरोपी कृषिविज्ञ राईलाई ७ दिन म्याद थप

काठमाडौं – खोटाङ जिल्ला अदालतले कृषिविद् मदन राईमाथि बाल यौन दुरुपयोग मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई ७ दिनको समय दिएको छ ।
राई शुक्रबार पक्राउ परेका थिए । उनलाई खोटाङस्थित राईले सञ्चालन गरिरहेको फाउन्डेसनबाटै पक्राउ गरिएको थियो । खोटाङ प्रहरी प्रमुख मन्जिल मुकारुङले राईमाथि अनुसन्धान भइरहेको बताए ।

