टोपबहादुरको पत्र बुझाउने व्यक्ति खोज्दै सीआईबी : सिंहदरबारको सीसीटिभी फुटेज जाँच गर्दै


काठमाडौं  – नक्कली शरनार्थी प्रकरणमा संलग्न रहेको भनिएका आरोपी टापबहादुर रायमाझी ९ दिन देखि फरार छन् ।

नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य रायमाझीलाई पक्राउ गर्न उनकोे बिरामी भएको भन्दै बिदा स्वीकृतिका लागि सभामुख समक्ष निवेदन बुझाउन जाने व्यक्तिको पहिचान गर्न खोजेको छ।

प्रहरीले पक्राउ पुजी जारी गरपछि फरार रहेका रायमाझीले पक्राउ गर्न बुधबार सभामुखसमक्ष विदा स्किृतिका लागि निवेदन बुझाएका थिए ।

त्यसका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संसद सचिवालयको सीसीटिभी फुटेज नै लिएर गएको छ ।

संसद सचिवालयका अधिकारीहरुका अनुसार वैशाख २५ गते टोपबहादुर रायमाझी बिरामी भएकाले प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन नसकेको भनी बिदा स्वीकृतिका लागि एक जना व्यक्तिले सभामुखको सचिवालयमा पुगेर निवेदन दिएका थिए ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी सिआइबीले संसद् सचिवालयबाट सीसीटिभी फुटेज लगेको बताए ।

प्रतिक्रिया